Showing posts with label (नेपाली भावहरु ). Show all posts
Showing posts with label (नेपाली भावहरु ). Show all posts

Sunday, August 5, 2012

साथी तिमी

साथी, तिमी थियौ मेरो लागि
मलाई अंगलिदिने ,
सुख दुखमा सधै साथ्  दिने 

साथी, तिमी थियौ मेरो लागि
मलाई सम्हालिदिने ,
जिन्दगीको भोगाइमा हरपल भइदिने

साथी, तिमी थियौ मेरो लागि
मलाई सम्झाइदिने,
मेरो हरेक गल्ति लाई सजिलै सच्याइदिने

साथी, तिमी थियौ मेरो लागि
मलाई हसाइदिने ,
मेरो  आँखाको   आशु  हरपल  पुछिदिने

साथी, तिमी थियौ मेरो लागि
मलाई साथ दिने
जिन्दगीको मोडमा सधै  संगै  हिदिदिने

                                                                     ---मनिसा रायमाझी---

Thursday, July 5, 2012

मेरो बाध्यता

आज तिमी एक्लै हुदा,साथ् दिन सकिन मैले ,
सराहाको क्षण  खोज्दा हात दिन सकिन मैले

तिम्रो सामु एउटा फूल टिपेर राख्न सकिन मैले ,
हराउदा तिमी कतै ,खोजि हिड्न सकिन मैले

आतितका पलहरु भूलाउन सकिन मैले ,
सम्झनाका लहरहरु मेटाउन  सकिन मैले

तिम्रो सामु बाध्यता मेरो ब्याख्या गर्न सकिन मैले ,
आफ्नो भाग्य आफै संग बदल्न पनि सकिन मैले

तिमी बिना एक्लो जीवन बिताउन सकिन मैले ,
खोजि हिड्दा तिमीलाई फेरी भेटाउन सकिन मैले

तिम्रो सामु हसिलो मुहार देखाउन सकिन मैले ,
आफ्नो जीवन टाढा हुदा रोक्न पनि सकिन मैले
                                   रोक्न पनि सकिन मैले .

                          ----मनिसा रायमाझी---